जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार ०९:४९

थप ३८ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ८ सय १० पुग्यो


काठमाडौं, जेठ १४ । बुधबार विहान थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव संकलनको परीक्षणबाट थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार थपिएका नयाँ संक्रमितहरुमा रौतहट जिल्लाकाका २९ जना, बारा जिल्लाका ७ जना र सिराह जिल्लाकाका २ जना रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय १० पुगेको छ । जसमा १ सय ७६ जना निको भएर घर फर्केका छन् भने ४ जनाले ज्यान गुमाएका छन् ।