जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार ०९:५८

भारतबाट आइपुगेका एक विरामीका सेती अस्पतालमा मृत्यु


कैलाली, जेठ १४ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–७ का ५० वर्षिय वृद्धको बुधवार बिहान ज्यान गएको हो ।
मृतक मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार नै भारतको महाराष्ट्रबाट आएका उनलाई स्वास्थ्य समस्य देखिएपछि अस्पतालको आइसुलेसन वार्डमा भर्ना गरिएको थियो ।
मृतकको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको तर, लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो भएकाले पिसिआरकोलागि स्वाब संकलन गरिएको श्रेष्ठले बताउनुभयो । ‘भारतबाट आएको त्यसैमाथि स्वास्थमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हो ।’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भन्नुभयो–‘उहाँलाई हिजो साँझ भर्ना गरियो, आज बिहानै निधन भयो ।’