जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार २१:१३

देउवालाई काउन्टर दिँदै गगनको घोषणा : काँग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ


काठमाडौं, जेठ १४ । नेपली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले संविधान संशोधनको पक्षमा मतदान गर्न आफूलगायत कांग्रेसका सवै सांसदहरु आतुर रहेको प्रष्ट पार्नुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाकै कारण संसदको आजको बैठकमा निशान छापमा नक्सा परिवर्तनका लागि दर्ता भएको संबिधान संशोधन बिद्येयक कार्यसूचीबाट हटाएपछि कांग्रेस राष्ट्रियता जस्तो गम्भीर बिषयमा हुन लागेको संबिधान संशोधनको बिपक्षमा रहेको आरोव लागेपछि थापाले यस्तो घोषणा गर्नुभएको हो ।

‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पर्सी १६ गतेकै कार्यसूचीमा राखियोस् । काँग्रेस संशोधनको पक्षमा छ । कसैले चिन्ता नलिऔँ, कोही भ्रममा नपरौँ । केन्द्रीय समितिको बैठक गर्ने नगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो । हामी काँग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ,’ थापाले भन्नुभएको छ ।

कांग्रेस सभापति देउवाले समय मागेकै कारण आज संसदमा संबिधान संशोधन बिद्येयक कार्यसुचीबाट हटाइएको थियो । कांग्रेसको कारण बिद्येयक हटाइएपछि भारतीय मिडियाले कांग्रेस संबिधान संशोधनको बिपक्षमा उभिएको भन्दै खुसियाली मनाएका थिए । आफ्नै सभापतिको खेलले राष्ट्रियता जस्तो बिषयमा कांग्रेस भारतको पक्षमा लागेको सन्देश जान लागेपछि थापाले काउन्टर गर्दै संबिधान संशोधनको पक्षमा मतदातका लागि आफूहरु तयार रहेको सार्वजनिक घोषणा गर्नुभएको हो ।