जनता टाइम्स

१५ जेष्ठ २०७७, बिहीबार १६:१३

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडा (लाइभ)


काठमाडौं, जेठ १५

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्न शुरु गर्नुभएको छ । अर्थ मन्त्रालयले बजेट तयार गरेपछि उहाले अहिले संसदमा प्रस्तुत गरिरहनु भएको हो ।

संयुक्त वैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारको आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण प्रस्तुत गरिरहँदा कोरोना संक्रमणको महामारीबाट सिर्जित समस्या समाधानको लागि ध्यान दिएर महामारी केन्द्रित बजेट बनाएको अर्थमन्त्रालयका अधिकारीहरूले बताएका छन् ।