जनता टाइम्स

१५ जेष्ठ २०७७, बिहीबार २१:४२

नया बजेटले के के मा मुल्य बढ्यो


काठमाडौं, जेठ १५

सरकारले यो पटकको बजेटमार्फत रक्सी, गुट्खा र चुरोटमा लाग्ने कर बढाएको छ । जसको कारण यी बस्तुको मूल्य बढ्ने भएको छ । सरकारले हरेक वर्ष रक्सी चुरोटको मूल्य बजेट मार्फत बढाउने गर्दै आएको छ ।

यसबाहेक सरकारले विदेशबाट आयात हुने सुनको मूल्यमा भन्सार बढाएको छ । जसको कारण सुनको मूल्य बढ्ने छ । अर्थमन्त्री खतिवडाले सुनको भन्सार दर प्रति १० ग्राम २ हजार रुपैयाँले बढाएका छन् । जसको कारण सुनको मूल्य बढ्ने छ ।

यस्तै सरकारले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन बाहेक पेट्रोल र डिजेल र मट्टितेलमा लाग्ने कर बढाएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको हुँदा राजस्वको बढाउनको लागि पेट्रोलिमय पदार्थको कर बढाइएको हो । यसले उपभोक्ताले अन्तराष्ट्रिय बजारमा घटेको मूल्यको लाभ भने लिन पाउने छैनन् ।

सरकारले यो पटकको बजेटमा सवारीसाधनको करहरुमा परिवर्तन गरेको छैन । जसको कारण सवारीसाधनको मूल्य परिवर्तन हुने छैन । यसबाहेक सरकारले एक दर्जन वस्तुमा लाग्ने अन्तशुल्क घटाएको छ । उद्योगले आयात गर्ने कच्चा पदार्थ र तयारी वस्तुको अन्तर केही कमी भएको छ ।

जसले गर्दा विदेशबाट आयात हुने केही वस्तुहरुको मूल्य बढ्ने छ । सामुदायिक बनले बिक्री गर्दा लिदै आएको १५ प्रतिशत बन पैदावार शुल्क खारेज भएको छ । यसले केही मात्रामा भएपछि फर्निचरको मूल्य घटाउन भने सहयोग गर्ने छ ।