जनता टाइम्स

१६ जेष्ठ २०७७, शुक्रबार १७:४९

बजेट पुर्णत श्रमिक केन्द्रित छ : अर्थमन्त्री खतिवडा


काठमाडौं, जेठ १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पुर्णत श्रमिक केन्द्रित रहेको प्रष्ट पार्नुभएको छ । आर्थिक बर्ष २०७७/७८ को बजेटबारे जानकारी दिन आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो जानकारी दिनुभएको हो ।

‘यो बजेट पूर्णत श्रमिक केन्द्रित छ, यतिधेरै श्रमिक लक्षित यो इतिहासकै पहिलो बजेट हो,’ पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले रोजगारी सिर्जना गरी श्रमिकको हितमा काम गर्नमै बजेट केन्द्रित रहेको बताउनु भयो । अर्थमन्त्री खतिवडाका अनुसार यो वर्ष आएको कार्यक्रमबाट करिब ८ लाख रोजगारी सिर्जना हुनेछ । त्यसका लागि बजेट नै राखेर कार्यक्रहरु ल्याएको उहाँले बताउनु भयो । करिब १० लाख विदेशी कामदार नेपालमा रहेको भन्दै अर्थमन्त्री खतिवडानले सिप प्रदान गर्ने हो भने तत्कालै ४÷५ लाख नेपालीले त्यसलाई विस्थापित गर्नसक्ने अवस्था रहेकाले त्यसअनुसारको बजेट ल्याइएको प्रष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले कोरोना महामारीको विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै बजेटको आकार घटाइएको पनि प्रष्ट पार्नुभयो । अहिले जनताको जीवन रक्षा गर्नु नै प्राथमिकता भएकोले बजेटले त्यसलाई सम्बोधन गर्दै आगामी वर्षका लागि शक्ति सञ्चयको काम गर्ने अर्थमन्त्री खतिवडाको भनाई छ । ‘दुई फड्को अघि मार्न दुई पाइला पछि हट्नुपर्छ, यही मान्यताअनुसार यस बर्ष अघिल्लो बर्षको तुलनामा ४ प्रतिशतले बजेटको आकार कम गरिएको छ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘हामी अहिले कोरोना संक्रमणका कारण तरल अवस्थामा छौं, यो अवस्था पार गरेर हामी आगामी वर्षहरुका लागि शक्ति सञ्चय गर्छौं, बजेटले यही मान्यता बोकेको छ ।’ अर्थमन्त्री खतिवडाका अनुसार देशभित्र अन्तर्राष्ट्रिय ब्यापार, लगानी, पर्यटक आगमन र आन्तरिक आर्थिक गतिविधि सबै ठप्प रहेको र विश्वब्यापी रूपमा नै कोरोनाले असर पारिरहेकाले बजेट ल्याउँदा संयमता अपनाइएको छ ।

‘जे भए पनि अर्को वर्षको आर्थिक वद्धिलाई जग बसाउने गरी बजेट ल्याएका छौं, छिटो प्रतिफल दिने आयोजना प्राथमिकतामा छन, नयाँ गेम चेन्चर आयोजनालाई बजेट दिएर अघि बढ्न चोहका छौं,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । अर्थमन्त्रीले ५५ अर्बदेखि ६० अर्ब राहतको प्याकेज ल्याइएको बताउनु भयो । सबै रहात प्याकेज सीधा नगद वितरण गर्ने गरी नआउने भन्दै उहाँले विभिन्न तवरले दिइएका छुट, सुहुलियत, सस्तो ब्याजदरको कर्जालगायतका विभिन्न सुविधामा सरकाकरो ५५ देखि ६० अर्ब रुपैयाँ खर्च हुने तथ्यांक दिनुभयो ।

‘बिजुलीमा दिइने भनेको छुटबाट ८ अर्ब भार हामीलाई पर्छ, हवाई इन्धनमा कर घटाउँदा सवा अर्बको लाभ हवाई उद्योगले पाउँछ,’ ‘विभिन्न सुहलियत कर्जाको ब्याज अनुदानका रूपमा दिँदा हामीलाई १४ अर्ब हामीले खर्चिनुपर्छ भने राष्ट्र बैंकबाट १ खर्बको पुर्नकर्जा दिँदा २० अर्बको ब्याज सहुलियत दिनुपर्छ, यी सवै काम जीवन रक्षा गर्दे आर्थिक क्रियाकलापलाई निरन्तरता दिनका लागि गरिएका ब्यवस्था हुन,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले यो संकटको समयममा निजी क्षेलाई राहत र अनुदान दिनैपर्ने अवस्था आएको भन्दै विगतमा जसरी कार्यक्रमलाई नकारात्मक ढंगले हेर्न नहुने बताउनु भयो । आर्थिक क्रियालापमा थप क्षति हुन नदिन र निजी क्षत्रेको मोनबल गिर्न नदिन यस्तो प्याकेजका कार्यक्रम ल्याउनुपरेको अर्थमन्त्री खतिवडाले बताउनु भयो । ‘अहिले राहात र अनुदानलाई अघि बढाउनै पर्ने अवस्था छ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

अर्थमन्त्री खतिवडाले यसवर्ष स्वास्थ्य र शिक्षामा बढी प्राथमिता दिएर बजेट ल्याएको बताउनु भयो । ठूला आयोजनाहरु अघि बढाउन नसकिने अहिलेको परिस्थिति र अन्य क्षेत्रले पाएको प्राथमिकताका कारण भौतिक पूर्वाधारतर्फको बजेट खुम्चाइएको उहाँको भनाई छ । आफूले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको तीन वर्षमा नै स्वास्थ्यको बजेट दोब्बर भएको भन्दै अर्थमन्त्री खतिवडाले कृषि र श्रम तथा रोजागरमा पनि उल्लेख्य बजेट बढाइएको र त्यसले कोरोनाबाट परेको प्रभावलाई कम गर्न सहयोग गर्ने बताउनु भयो ।

संघीयता कार्यान्यवनको चरणमा जाँदा साधनस्रोतको हिसावले संघको बजेट संकुचित हुँदा पनि प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणलाई यथावत राखिएको उहाँले प्रष्ट पार्नुभयो । अर्थमन्त्री खतिवडाका अनुसार स्थानीय तह र प्रदेशले यसबाट बढी लाभ पाउने छन । अर्थमन्त्री खतिवडाले कृषिमा पर्याप्त बजेट बिनियोजन नभएको भन्ने भनाई तथ्यपरक नरहेको बताउनु भयो । ‘कृषिको बजेट उल्लेख्य बढाएका छौं, कृषि र ग्रामिण क्षेत्रको बजेट उल्लेख्उ मात्रामा बढेको छ, झडै झण्डै ५० प्रतिशत कृषिको बजेट प्रदेशमा पनि पर्ने भएकोलेभएकोले आकार ठूलो नदेखिन सक्छ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।