जनता टाइम्स

१८ जेष्ठ २०७७, आईतवार ०७:३८

कोरोना भाइरस : विश्वभर ६१ लाख ५३ हजार संक्रमित, २७ लाख ३४ हजार ५४६ जना संक्रमणमुक्त


 

काठमाडौं, जेठ १८ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६१ लाख ५३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वका २१५ मुलुक र २ पानीजहाजमा गरि ६१ लाख ५३ हजार ३८० जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १०४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन थप ४ हजार २७० जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७० हजार ८७० पुगेको छ ।

३० लाख ४५ हजार ४३१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५०३ जनाको अवस्था गम्भीर छ भने २७ लाख ३४ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार विहान साढे ६ बजेसम्म १ लाख ७३ हजार २८० जनाको मृत्यु भएको छ ।

२० लाख ४ हजार २२६ जना संक्रमित भएकोमा ९ लाख ७८ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २३ हजार ४७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ४० हजार ८३३ पुगेको छ । त्यसमध्ये ६ लाख ६८ हजार २६२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३० हजार २०७ जनाको मृत्यु भएको छ । ११ लाख ७ हजार ५२१ जना संक्रमित भएकोमा ६ लाख ७२ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३९ हजार ३१५ जनाको मृत्यु भएको छ । ८ लाख ४४ हजार ६१९ जना संक्रमित भएकोमा ३ लाख ४५ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ९२ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ७६९ जना संक्रमित छन् । संक्रमितमध्ये ६० हजार ९८७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७९४ जना संक्रमित भएकोमा ८ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।