जनता टाइम्स

२२ जेष्ठ २०७७, बिहीबार ०७:२७

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना, संक्रमितको संख्या २३ सय १६ पुग्यो


काठमाडौं, जेठ २२। गण्डकी प्रदेशमा विहीवार विहान थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य निर्देशनालय तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले बताउनुभयो । आज थप १६ जनासहित देश भर संक्रमितको संख्या २ हजार ३ सय १६ पुगेको छ ।

थपिएका संक्रमितहरुमा बागलुङको निसीखोला गाउँपालिकाका ३ जना, बडीगाड गाउँपालिकाका ४ जना र गल्कोट गाउँपालिकाका ३ जना रहेका छन् । त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एक जना, म्याग्दीको मंगला गाउँपालिकाका एक जना तथा पर्वतको बिहादी गाउँपालिकाका २ जना र फलेबास नगरपालिकाका २ जना रहेका छन् ।