काठमाण्डौं, जेठ ८
जेठ १० देखि १६ गतेसम्म नेपाल एडुफेयर डट कम सञ्चालन हुँदै छ । यो मेला परम्परागत मेला भन्दा फरक मेला छ । नेपाल एडुफेयर डट कम भर्चुअल एजुकेसन फेयर हो ।
उक्त मेलामा विद्यार्थिले घरमै बसी कलेजहरुको कक्ष कोठा, लाईब्रेरी, ल्याब, क्याफ्टेरिया, खेलकुद मैदान लगाएतको भर्चुअल भिजिट गर्न सकिन्छ भने सम्बन्धीत कलेजको मेनेजमेन्ट, काउन्सिलर र प्रिन्सिपलहरु संग लाईभ च्याट गर्न पाईने व्यवस्था मिलाइएको आयोजकले बताएको छ ।
उक्त फेयरमा ग्लाेलब कलेज, युनिग्लाेब कलेज, भ्याली भ्यू स्कुल, लिबर्टी कलेज लगाएकाे सहभागिता रहने छ ।
प्रतिक्रिया दिनुहोस्