जनता टाइम्स

२३ जेष्ठ २०७७, शुक्रबार ०७:१२

भारतमाको कोरोनाबाट २ लाख २६ हजारभन्दा बढी संक्रमित : मृतको संख्या ६ हजार ६ सय नाघ्यो


काठमाडौं, जेठ २३ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २७५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३६३ पुगेको हो।

एकै दिन ९ हजार ८८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख २६ हजार ७१३ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ८ हजार ४५० जना संक्रमणमुक्त भएका छन् । कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।