जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार ११:५४

एन आई सी एशिया बैंकको नयाँ शाखा टोखामा


एन आई सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, काठमाडौंस्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीबाट उद्घाटन भएको हो ।

बैंकका मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।