जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १४:२३

पोखरा–देहरादुन सिधा बस सेवा, पर्यटक आवागमन बढ्ने विश्वास


पोखरा, जेठ ९

मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले पोखरा–देहरादुन सिधा बस सेवा बुधबार देखी सञ्चालनमा ल्याएको छ । ।

भारतीय धार्मिक पर्यटक र नेपाली तीर्थयात्रीलाई लक्षित गर्दै पोखरा–देहरादुन बस सेवा सञ्चालनमा ल्याईएको हो ।

पृथ्वी राजमार्ग बस समिति अन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले हप्तामा एक दिन पोखरा–देहरादुन बस सेवा सञ्चालन गर्न थालेको जानकारी दिएको छ । सुविधासम्पन्न बस पोखराबाट प्रत्येक बुधबार पूर्वाह्न साढे ११ बजे छुट्ने र देहरादुनबाट प्रत्येक शनिबार छुट्ने मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशबहादुर अधिकारीले बताउनु भएको छ ।

पोखराबाट झन्डै १३ सय किलोमिटर दुरीको देहरादुनसम्म २४ घण्टामा यात्रुलाई पु¥याउने गरि बस सेवा सञ्चालन गरिएको उहाँले बताउनु भयो ।

मोर्डन इरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशबबहादुर अधिकारीले सिधा बस सञ्चालनले देहरादुन जाने धार्मिक पर्यटक, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि जानेलाईपनि सहज हुने बताउनु भयो ।

धार्मिक पर्यटनको माध्यमबाट भारतको हरिद्वार, ऋषिकेशसहित नेपालको मुक्तिनाथसम्म आउजाउ गर्ने तीर्थयात्रीलाई सहजता थप्ने उहाँको भनाई छ ।