जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १९:४०

ग्लोबल आईएमई बैंक र सूर्यलाइफ इन्सुरेन्स कम्पनीबीच सम्झौता


काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र सूर्यलाइफ इन्सुरेन्स कम्पनी लि. बीच बैंन्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरुमार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामू प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत ग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको सो बैंकले जनाएको छ ।

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सनतथाराजश्व संकलन काउण्टर, १४५ एटिएम, १४० शाखारहित बैकिङ्ग सेवार नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदानगर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमारु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।

साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुरयाउँदै आइरहेको जनाएको छ ।