काठमाडौं ।
सत्तारुढ दल भारतीय जनता पार्टीले अत्याधिक बहुमतसहित फेरि सरकार बनाउने भएपछि नेपालका प्रधानमन्त्रीसहित नेताहरुले सामाजिक सञ्जालबाट शुभकामना दिनु भएको छ । मतगणनाको अन्तिम परिणाम आइनसक्दै भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहिवार नेपालका प्रधानमन्त्री र नेताहरुले टेलिफोन र ट्विटरबाट बधाई दिनु भएको हो ।
दिनभर विभिन्न कार्यक्रममा व्यस्त प्रधानमन्त्री मोदीले सबै नेताको शुभकामनामा जवाफ पठाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न तयार रहेको जवाफ मोदीले पठाउनु भएको छ । मोदीले सबैभन्दा पहिले न्यानो बधाइका लागि धन्यवाद भन्दै नेपालसँगको सम्बन्ध अझै नजिक रहने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल र भारत अनन्तकालदेखि नै घनिष्ठ साथी र छिमेकीकारुपमा रहेका छन्। जसलाई हाम्रा जनता–जनताबीचको निकटताले अझै मजबुत बनाएको छ’, मोदीले भन्नुभएको छ, ‘म नेपाल–भारत सम्बन्धलाई अझै उचाईमा लैजानका लागि तपाईंसँगको सहकार्यलाई जारी राख्न चहान्छु।’
नेतालाई पठाएको सन्देश यस्तो छ –
प्रतिक्रिया दिनुहोस्