जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार ११:०२

गरिमाविकास बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता


काठमाण्डौं,जेठ १०

गरिमाविकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पश्चात गरिमाविकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमापोलिसी खरिद गर्न सक्नेछन ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकामा ८ वटा शाखाकार्यालयसहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन् । विकास बैंकले छिट्टैनै देशका थप १५ स्थानमा शाखा कार्यालय स्थापना गर्ने जनाएको छ ।