जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार १३:५३

साँढेलाई जोगाउँन खोज्दा एक आपसमा ठोक्कियो बस र ट्रक, चालकसहित दुईको मृत्यु, २३ घाइते (सूचीसहित)


शुभनारायण कामती/सिरहा

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० स्थित प्रयागपुर चोकमा गएराति बस र ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना भन्दा बढी घाइते भएका छन ।

प्रहरीका अनुसार ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट काठमाडौं जाँदै गरेको र विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालका अनुसार दुर्घटनामा परी बस चालक भोजपुरका ४० वर्षीय हरिरण पहेली र झापा जलथल नगरपालिका–७ बस्ने मदनकुमार उप्रेतीको मृत्यु भएको छ । बस चालकको घटनास्थलमै र उप्रेतीको उपचारका क्रममा मिर्चैयामा मृत्यु भएको प्रहरीले जनाए ।

घाइतेमध्ये ३ जना पुरुषको नाम र ठेगाना खुलेको छैन । ११ जनालाई विराटनगर रिफर गरिएको छ । ८ जनाको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा र ४ जनाको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको सहचालक झलनाथ कोइरालाले जानकारी दिनुभयो । घाइतेमध्ये ८ जना समान्य, १० जना मध्यम र ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको सूची

१. कुमार श्रेष्ठ, ट्रक चालक, गोलबजार नगरपालिका, सिरहा
२. विश्वनाथ बनियाँ, सोनामति गाउँपालिका–६ , झापा
३. मिनकला राई, ईलाममाई नगरपालिका–१, इलाम
४. सोमामाया राई, ईलाममाई नगरपालिका–१, इलाम
५. सुगुरुमोति बानियाँ, सोनामति गाउँपालिका–६, झापा
६. दिनेश श्रेष्ठ, सुन्दर हरैचा नपा–६, मोरङ्ग
७. रोमन थापा, सुन्दर हरैचा नपा–६, मोरङ्ग
८. किरण उप्रेती, भद्रपुर नपा–९, झापा
९. विश्का उप्रेती, कचनदाहा गाउँपालिका–२, झापा
१०. जितबहादुर दर्जी, केराउल नपा, मोरङ
११. नविन दास, गौरदाहा नपा–४, झापा
१२. दिपक ढुङगेल, कतनकवल गाउँपालिका–१, झापा
१३. अबिर शेष, पाङडुबा गाउँपालिका–२ झापा
१४. विमल लिम्बु, केराबारी नपा–२, मोरङ्ग
१५. पावनी राजवंसी, भद्रपुर नपा, झापा
१६. उपेन्द्र राजवंसी, बनियानि, झापा
१७. श्रीलाल राजवंसी, शिवशंज, झापा
१८. काला ढुङगाना, पथरी, मोरङ्ग
१९. बिनोद ढुङगानाका ५ वर्षीय छोरा राज ढुङगाना, पथरी मोरङ्ग
२०. मोहम्मद मुस्तक, झापा
३ जनाको परिचय नखुलेको