जनता टाइम्स

३० असार २०७७, मंगलवार १७:५४

कुन प्रदेशमा कति छन कोरोना संक्रमित ? कति संक्रमितले जिते कोरोनासँगको लडाईं ? (सूचीसहित)


काठमाडौं, असार ३० । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार सातै प्रदेशमा गरी कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो ।

प्रवक्ता गौतमका अनुसार प्रदेश एकमा ७ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६०४ जनाले कोरोना जितेका छन भने १ सय ७१ जनाको उपचार भइरहेको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी प्रदेश २ मा ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ४ सय ८१ जनाले कोरोना जितेका छन् भने १ हजार ९ सय ७ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा कोरोनाबाट चार जनाको मृत्यु भएको मन्त्रालयको भनाई छ ।

संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा अहिलेसम्म ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय ४७ जना डिस्चार्ज भएका छन । बागमति प्रदेशमा ४ सय ६५ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा सात जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । बागमति प्रदेशमा कोरानाबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १ हजार २ सय ७८ जनामा कोरोना पुष्टि हुँदा सात सय ७१ जना डिष्चार्ज भएका छन । संक्रमितमध्ये ५ सय २ जनाको उपचार भइरहेको छ भने पछिल्लो २४ घण्टामा चार जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।

प्रदेश ५ मा ४ हजार ९२ जनामा कोरोना पुष्टि हुँदा ३ हजार ३ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन भने ७ सय ४६ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा २१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म प्रदेश ५ मा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । यसैगरी कर्णाली प्रदेशमा १ हजार ७ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ हजार ३ सय ७१ जनाले कोरोना जितेका छन भने ३ सय ७२ जनाको उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । कर्णालीमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ संक्रमित भेटिएका छन । यस प्रदेशमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ५६ जनामा कोरोना पुष्टि हुँदा १ हजार ४ सय १८ जनाले कोरोना जितेर घर फर्किएका छन । सो प्रदेशमा २ हजार ५ सय ३२ जनाको उपचार भइरहेको छ भने पछिल्लो २४ घण्टामा २० जना संक्रमित थपिएका छन । सुदुरपश्चिममा कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हालसम्म सातै प्रदेशमा गरी १० हजार ३ सय २८ जनाले कोरोनासँगको लडाईं जितेका छन । जुन कुल संक्रमित संख्याको ६० प्रतिशत बढी हो ।