काठमाडौं, असार ३१ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले भारतको बोली बोल्नुभएको छ । कांग्रेसभित्र बिदेसीसँगको सम्बनधमा सधै संकास्पद मानिदै आउनुभएका थापाले भारतकै चाहनाअनुसारको प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अभिब्यक्ति दिनुभएको हो ।
कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको नक्सा जारी भएपछि भारत र भारतीय मिडिया प्रधानमन्त्री ओलीबिरुद्ध खनिदै आएका छन । उनीहरुले खुलेयाम प्रधानमन्त्री ओलीलाई हटाउनु पर्ने अभिब्यक्ति दिनुका साथै अनेकन षडयन्त्रहरु गरिरहेका छन । यही बेला कांग्रेसका बिवादास्पद छवी भएका नेता थापाले पनि भारतकै बोली बोल्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध भारतमा जन्मिएको भन्दै द्वीट गर्दा लाइक गरेर बस्ने नेता थापाले प्रधानमन्त्री ओलीले भगवान रामको जन्म नेपालमै भएको र भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको बताएपछि थापा प्रधानमन्त्रीबिरुद्ध खनिनु भएको छ ।
मोदी बोल्दा ताली दिने नेता थापाले प्रधानमन्त्री ओली बोल्दा गाली गर्दै लेख्नुभएको छ, ‘प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ। यसलाई हल्का रुपमा नलिऔं। यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं….नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस।’













प्रतिक्रिया दिनुहोस्