जनता टाइम्स

३१ असार २०७७, बुधबार ११:३०

कोरोना जितेर धरानबाट १५ जना घर फर्किए


धरान, असार ३१

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । प्रदेश १ को झापा, सुनसरी र खोटाङका १४ जना र प्रदेश २ को महोत्तरीका एकजनाले कोरानो जितेर घर फर्किएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनु भयो ।

पछिल्लो पटक प्रतिष्ठानबाट कोरोना जितेर घर फर्किनेमा ९ पुरुष र ६ महिला रहेको डा. सापकोटाले जानकारी दिनुभयो । प्रतिष्ठानमा कोराना पोजीटिभ देखिएर भर्ना भएका झापाका १२ र सुनसरी खोटाङ र महोत्तोरी जिल्लाका एक एक जना निको भएर घर पर्किएका हुन् ।

प्रतिष्ठानमा भर्ना भएकामध्य हालसम्म २ सय ५४ बिरामीले कोराना जितेर डिस्चार्ज भएका छन् । प्रतिष्ठानमा हाल सम्म ११ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रतिष्ठानमा १३ जना कोरोना संक्रमित उपचाररत छन् ।