जनता टाइम्स

१ श्रावण २०७७, बिहीबार ११:०३

साझा यातायातले यसरी सेवा शुरु गर्यो काठमाडौंमा


काठमाडौं, साउन १

साझा यातायातले लकडाउनपछि पहिलो पटक आजदेखि काठमाडौं उपत्यकामा बस सञ्चालन गरेको छ । तत्कालका लागि साझा यातायातले ६७ वटा बसमध्ये २६ वटा बसमात्र सञ्चालनमा ल्याएको छ ।

राजधानीका सडकमा अहिले साझासँगै सुन्दर यातायात र मयुर यातायातले पनि बस सञ्चालन गरिरहेका छन् । तर, अन्य यातायातले भने बैंकको ऋण मिनाह गर्न सरकारलाई दवाव दिने उदेश्यले सेवा शुरु गर्न मानेका छैनन् । शुरुमा यातायात सेवा गर्न माग गरेका व्यवसायीले अहिले भन्ने विभिन्न वहाना देखाउदै नेताको घर घर कुदिरहेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ लगायतका केही बस व्यवसायीहरूले भने सार्वजनिक सवारी सञ्चालन गर्ने विषयमा सरकारले एकलौटी निर्णय गरेको भन्दै तत्काल सवारी नचलाउने निर्णय गरेका हुन् ।

यी हुन् उपत्यकामा आजदेखि साझा यातायातका बस सञ्चालन हुने रूट

  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बूढानीलकण्ठ
  • गोदावरी, लगनखेल हुँदै रत्नपार्क
  • लामाटार, लगनखेल हुँदै रत्नपार्क
  • लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
  • लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
  • रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
  • रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक