जनता टाइम्स

१ श्रावण २०७७, बिहीबार २०:३४

नेकपाका युवा नेता सिंहको अडान : प्रधानमन्त्री ओलीले छाडनु परे सवै शीर्ष नेताले पदत्याग गर्नुपर्छ


काठमाडौं, साउन १ । नेकपाका युवा नेता बच्चनबहादुर सिंहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध भइरहेको गुटबन्दीको कडा प्रतिवाद गर्नुभएको छ । अर्का अध्यक्ष पष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बिभाजनको योजनाका साथ प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने अडान राखेसँगै सिंहले कडा प्रतिवाद गर्नुभएको हो ।

युवा नेता सिंहले ओलीको बिकल्प ओली मात्रै रहेको तर्क गर्दै उहाँले छाडदा सवै शीर्ष नेताले छाडनु पर्ने र युवालाई नेतृत्व सुम्पनुपर्ने बताउनु भएको हो ।

यस्तो छ सिंहको अडान

आजको तीन नेताको वार्तामा प्रधानमन्त्रीको राजिनामाको प्रसंग उठाइएछ । राष्ट्रियताको पक्षमा उभिदा यदी उहॉले पद छाड्नु पर्ने हो भने अहिले धेरैजसो पार्टीको उच्च तहमा भएका अधिकांश नेताहरुको क्षमताको अन्तिम प्रयोग भइसकेको छ । उहाँहरुले सक्ने यत्ति हो ।देशलाई यो उचाइमा ल्याउन उहाँहरुले खेल्नु भएको भूमिका उहाँहरुको राजनीतिक जीवनको सर्वोत्कृष्ट भूमिका हो । अब उहाँहरुले यसलाई बचाइ राख्ने मात्रै हो। देश र पार्टीलाई समुन्नत बनाउने जिम्मेवारी अब युवा पुस्तालाई सुम्पिदा हुन्छ। पार्टीमा सो जिम्मेवारि बहन गर्न सक्ने थुप्रै क्षमतावान युवाहरू हुनुहुन्छ र धेरैले आफुलाई सक्षम प्रमाणित पनि गरिसक्नु भएको छ।