जनता टाइम्स

३ श्रावण २०७७, शनिबार १६:१९

पूर्वगभर्नर क्षेत्रीको निश्कर्ष : सबैले आशा गरेअनुसार नै मौद्रिक नीति आएको छ


काठमाडौं, साउन ३ । पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति राम्रो आएकोले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने निश्कर्ष सुनाउनु भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले मौद्रिक नीतिले निजी क्षेत्रपनि उत्साही भएको सुनाउनु भयो ।

उहाँले निजी क्षेत्रले जति अपेक्षा गरेको थियो त्यो सबै पूरा भने नभएको उहाँको भनाई छ । ‘सबैले आशा गरेअनुसार नै मौद्रिक नीति आएको छ । हुन त मौद्रिक नीतिमा सबैको अपेक्षा ठूलो थियो । सबै अपेक्षा पूरा हुने कुरा त भएन । तर, समग्रमा नीति राम्रै आएको छ,’ क्षेत्रीले भन्नुभयो । उहाँले गभर्नर महाप्रसाद अधिकारी आफैं राष्ट्र बैंकमा लामो समय काम गरेर खारिएको व्यक्ति भएकोले पनि मौद्रिक नीति राम्रो ल्याउन सफल भएको प्रतिक्रिया दिनुभयो ।

‘जुन स्पिरिटमा यो मौद्रिक नीति ल्याईएको छ, यही स्पिरिटका साथ यसको कार्यान्वयन हुनुपर्छ । होईन भने जति राम्रो ल्याएपनि कार्यान्वयन नभए यसको अर्थ हुँदैन् । मौद्रिक नीतिमा खोट छैन् । अब यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि राष्ट्र बैंकले तत्काल एउटा टास्क–फोर्स गठन गर्नुपर्छ । र, यहीमार्फत मनिटरिङ गर्नुपर्छ,’ पूर्वगभर्नर क्षेत्रीले भन्नुभयो ।