मनाङ, जेठ ११
मनाङमा विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ । पछिल्ला समयमा क्याम्पसका विद्यार्थी ‘टुर प्याकेज’ बनाएर मनाङ आउने गरेका छन् । काठमाडौँ, हेटौँडा, चितवन पोखरालगायतका क्याम्पसमा पढ्दै गरेका विद्यार्थी मनाङ घुम्ने कार्यक्रम बनाएर आउन थालेका हुन् ।
यहाँ आउने विद्यार्थी मनाङका गाउँका मौलिक पराम्परा, रीतिरीवाजलगायत हिमाली भेगको वस्तुस्थिति अनुसन्धान गर्ने गरेको बताउँछन् । सरकारले मौलिक पुरातात्विक वस्तुको जगेर्ना गरेमा आन्तरिक पर्यटकको वृद्धि हुने एड्भान्स कलेजका विद्यार्थी विप्लव पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्