जनता टाइम्स

५ श्रावण २०७७, सोमबार १६:१५

धादिङमा डेढ दर्जन ठाउँमा बाढी–पहिरोको बितण्डा : मोवाखोला पुलमा क्षति, पृथ्वी राजमार्ग अवरुद्ध


काठमाडौं, साउन ५ । दुई दिनदेखिको लगातार परेको अविरल वर्षाका कारण धादिङका झन्डै डेढ दर्जन ठाउँमा पहिरो खसेको छ । धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्गमा पनि ठाउँ ठाउँमा पहिरो खसेपछि यातायात अवरूद्ध भएको छ ।

प्रहरीका अनुसार बेनीघाट रोराङ गाउँपालिका १० मा पहिरो खस्दा तीन सवारी साधन पुरिएका छन । प्रहरीले १६–१७ ठाउँमा कतै पहिरो कतै लेदो खसेको जनाएको छ । अविरल वर्षाले पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मोवाखोलामाथिको पुलमासमेत क्षति पुर्याएको छ । पुलको धादिङतर्फको भागमा बाढीले कटान गरेर क्षति पुगेको प्रहरीले जनाएको छ । धादिङ बेनिघाट रोलाङ गाउँपालिका वडा नम्बर १० मा रहेको उक्त पुलमा क्षति पुगेपछि अहिले पृथ्वीराजमार्गको उक्त सडकखण्ड अवरूद्ध भएको छ ।

चितवनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार बाढीले पुलमा क्षति पुर्याएको हो । उहाँले मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोला लगायतमा गएको पहिरो हटाउने काम भइरहेको जानकारी पनि दिनुभयो ।