जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार ११:१५

जब सडकमा अजंगको ढुंगा आएर रोकियो…


पर्वत, साउन ६

पोखरा–बागलुङ सडकमा गएराति पहिरो खस्दा सडकको बीचमा अजंगको ढुंगा आएर रोकिएको छ । राति करिव पौने ११ बजेतिर कुश्मा नगरपालीका वडा नम्बर २ नयाँपुल स्थित पोखरा–बागलुङ सडक खण्डमा माथीबाट ठुलो ढुङ्गा खसेको हो ।

ढुंगा खस्न गई बाटो पुर्ण रुपमा अबरोध भएको छ । जिल्ला प्रहरी कार्यालयबाट ५ जनाको टोली समेत खटिई गई स्काभेटरको प्रयोग गरी बाटोको केही अंश खुलाई स–सना सवारीहरु अहिले सुचारु भएको छ । प्रहरीका अनुसार उक्त बाटो पुर्ण रुपमा खुलाउन पहल भई रहेको जानकारी दिएको छ ।