जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार १६:०६

किङ्स लाउन्जकाे पोखरा शाखा सञ्चालनमा


काठमाडौं – किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।

लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले लाउञ्जले काठमाण्डौंमा छोटो समयमा पाएको व्यवसायिक सफलताको संगै पर्यटकीय नगरी पोखरा सेवा सुरु गरिएको बताउनु भयो ।

काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा अझै परिष्कृत रुपमा पस्किने श्रेष्ठको भनाई छ ।

संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने लाउञ्जका सञ्चालकले बताए ।

लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । बिहान १० बजेदेखि खुल्ने लाउञ्जले लेटनाइटसम्म सेवा दिने बताइएको छ ।