जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार ०९:४६

बग्गीखाना शिल : ट्राफिक महाशाखाका प्रमुख भीम ढकालसहित ३ सय ७५ जना प्रहरी क्वारेन्टिनमा


काठमाडौं, १८ साउन । दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना शिल गरिएको छ ।

संक्रमणको जोखिम बढेपछि महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको एसएसपी ढकालले जनताटाइम्सलाई बताउनुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालका अनुसार ३७५ जना ब्यारेक–ब्यारेकमै रहेका छन् भने अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ रहेका छ ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।