काठमाण्डौं, जेठ १२
द काठमाण्डौं मल व्यापार संघका अध्यक्ष सुषमा महरा र पत्रकार उज्जल जंग शाह लाई प्रहरीले प्रकाउ गरेको छ । माहानगरीय प्रहरी परिसर टेकुले शाह र महरालाई सोधपुछको लागि भनि बोलाई हिरासतमा राखेको हो ।
काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराले संघको नेतृत्व सम्हाले पछि मलमा भएको घोटलाको विषय उठाउँदै आउनु भएको थियो । यसै बीचमा बैशाख ३ गते प्रकाश कुमार श्रेष्ठ र रश्मिला श्रेष्ठ सहितको समुहले अफुहरुलाई आक्रमण गरेको सुषमा महराले बताउनु भएको छ ।
महराका अनुसार आफुहरुमाथि आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी गर्न जाँदा प्रहरीले व्यक्तिगत झगडा भन्दै उजुरी लिन मानेको थिएन । आइतबार प्रहरीले दुबै पक्षलाईबोलाई मिल्न दवाव दिएको थियो । तर शाह र महराले आफुहरुमाथि सुनयोजित आक्रमण भएकोले मिल्न नसक्ने बताउनु भयो ।
काठमाण्डौं मलमा भएको घोटलाको विषय प्रतिनिधि सभाको लेखा समिति, अख्तियार लगाएतका नियकायले पनि अनुसन्धान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्