जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १६:४८

महालक्ष्मी विकास बैंकको डल्लु र नयाँबजारमा नयाँ शाखा


महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं १५, डल्लु शाखा कार्यालयक र वडा नं १६, नयाँबजार शाखाको औपचारिक समुद्घाटन भएको छ ।

डल्लु शाखाको समुद्घाटन प्रमुख अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का माननीय सांसद जीवन राम श्रेष्ठ र नयाँँबजार शाखाको समुद्घाटन बैंकका संचालन समितिका सदस्य राजेश कुमार रौनियारले गर्नु भएको हो ।

कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राजलामिछानेले महालक्ष्मी विकास बैंक लि.ले ग्राहकहितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको बताउनु भयो विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटाएटिएमहरुमार्फत सेवाप्रदानगरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ५० हजार भन्दाबढी रहेको जनाकारी दिएको छ ।