जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १७:०६

राजधानीको सुकेधारामा सिलिन्डर विस्फोट : एकको मृत्यु, पाँच घाइते


काठमाडौं, जेठ १२

राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो सुकेधाराको एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा एकजनाको मृत्यु भएको हो ।

अन्य पाँचजना घाइते भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।

प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ । मृतकको सनाखत हुन सकेको छैन । प्रसाईंका अनुसार अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ।

घाइतेमध्ये पाँच जनाको ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थप क्षतिको विवरणमा आउन बाँकी छ ।