बारा, साउन ३२ । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका १३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सामान्य विवादमा सुकुलेले ३९ वर्षीया पत्नी निर्मला गोले रुम्बालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोली सुकुलेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले रुम्बाले किन पत्नीको हत्या गरे भन्ने कारण अझै खुलिनसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्