जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १८:०९

अपडेट– विस्फोटमा विप्लवका कार्यकर्ता परेको प्रहरीको आंशका


काठमाडौं ।

काठमाडौंका दुई छुट्टा छुट्टै एकै समयमा दुई ठाउमा भएको विस्फोटमा विप्लवका पार्टीका कार्यकर्ता भएको आशंका प्रहरीले गरेको छ ।

प्रहरीको उच्च स्रोतले दिएको जानकारी अनुसार उनिहरु बम बनाउने तयारीमा रहेका बेला विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीको सो अनुमानलाई त्यहा भेटिएको पर्चाले समेत पुष्टि गरेको छ । ग्यास विस्फोटनमा मृत्यु हुनेहरु नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको प्रहरीले आशंका गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउन सिलिण्डर बम बनाउँदै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यद्यपी अनुसन्धान जारी रहेकाले अहिले नै एकिन गरेर भन्न सक्ने अवस्था नभएको प्रहरीको भनाई छ । ग्यास विस्फोटनमा परी सुकेधारामा दुई र अनामनगरमा १ जनाको ज्यान गएको छ।