काठमाडौं, भदौ १
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणि थापाले आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै पार्टी कार्यालयमा उजुरी दिनु भएको छ । उहाले महासचिव विष्णु पौडेलसँग भेटगरी आफुमाथि लागेको आरोपबारे पार्टीले छानबिन गर्नुपर्ने माग गर्नुभएको छ ।
पछिल्लो समय नेकपाभित्रको विवादमा दुई अध्यक्ष मिल्नुपर्छ भन्ने स्पष्ट लाइन लिनु भएको थियो । ‘प्रस्तुत विषयमा केही दिन यता केही पत्रिका, अनलाइनहरु र सामाजिक सञ्जालमा म र मेरो परिवारको बारेमा योजनाबद्ध रुपमा बदनाम गर्ने प्रयत्न भैरहेका छन् । मैले शक्तिको दुरुपयोग गरी श्रीमतीलाई जागरी खुवाएको, कोटेश्वरमा तीनतले घर बनाईरहेको छ भन्ने आरोप लगाइएको छ’, उहाले पत्रमा अगाडी लेख्नु भएको छ,‘यसले गर्दा मेरो राजनीतिक र सामाजिक जीवनमा नकारात्मक असर परिरहेको छ । म पार्टीसँग विनम्र अनुरोध गर्न चाहन्छु, यी सबै विषयमा सत्यतथ्य पत्ता लगाई म र मेरो परिवारमाथि न्याय गर्न हार्दिक अनुरोध गर्दछु ।’ केही सञ्चारमाध्यमले उहालाई प्रचण्डको समर्थन नगरेर प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको समर्थन गरेको भन्दै आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्