जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार १९:३३

उपत्यकामा भदौ १० गतेसम्म निधेषाज्ञा


काठमाडौं, भदौ २

उपत्यकाका तीनै जिल्लामा बुधबार बेलुकाबाट निषेधाज्ञा लागू हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको आज बसेको बैठकले बुधबार साँझबाट १० भदौसम्म निषेधाज्ञामा जाने निर्णय गरेको हो ।

यद्यपी सो निर्णय गृह मन्त्रालयले लागु गर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपनि केन्द्रीय राजधानी भएकाले गृह मन्त्रालयको स्वीकृतीमा निषेधाज्ञा लागू गर्नुपर्ने प्रावधान रहेको छ । निषेधाज्ञामा अत्यावश्यक सेवामात्र संचालन हुनेछन् ।