जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार २०:२४

राष्ट्रपति भण्डारी स्तब्ध


काठमाडौं, भदौ २ । राष्ट्पति बिद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले स्तब्ध बनेको बताउनु भएको छ । राष्ट्रकवि घिमिरेको निधनलगत्तै ट्वीट गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।

राष्ट्रकवि घिमिरेको आज ५.५५ बजे आफ्नै निवासमा निधन भएको खवर सार्वजनिक भएलगत्तै राष्ट्रपति भण्डारीले दुःख प्रकट गर्नुभएको हो । ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले स्तब्ध भएको छु। काव्य र कविताको माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्‍याउँनु भएको योगदानलाई हामी सधैँ सम्झिरहने छौं । दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना !’, राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।