जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार २१:०१

भारतीय विदेश सचिव मिश्री र कांग्रेस सभापति थापाबीच भेटवार्ता


काठमाडौं, कात्तिक १९ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भेटवार्ता गर्नुभएको छ ।

मिश्रीले बिहीबार दिउँसो काठमाडौंको एक होटलमा सभापति थापासँग भेट गर्नुभएको हो । भेटवार्तामा भएका छलफलका विषय भने सार्वजनिक गरिएको छैन ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव मिश्रीले यसअघि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

नेपालमा नयाँ सरकार गठनपछि भएको भारतीय विदेश सचिवको भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।

राजनीतिक भेटघाट तथा उच्चस्तरीय छलफल सम्पन्न गरी मिश्री बिहीबार नै स्वदेश फर्किनुभएको छ ।