काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेबाट एक साता निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच मंगलबार बसेको बैठकले भदौ १० गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
यो निर्णयसँगै उपत्यकाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी चलाउन नपाइने तथा हिड्डुलमा समेत रोक लगाइएको छ । ‘औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यबस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने’ निषेधाज्ञामा उल्लेख गरिएको छ ।
अत्यावश्यक सेवा तथा बस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न नपाउने, निजी तथा सार्वजनिक यात्रुबहाक सवारीसाधन संचालनमा रोक लगाइएको छ । कर्मचारीले पनि यसअवधिमा सम्वन्धि कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रका आधारमा मात्र सवारी सञ्चालन गर्न दिने भएको छ । त्यो पनि विहान ९ बजेदेखी साढे दश र बेलुकी तीनबजे देखी साढे पाँच बजेसम्ममात्र संचालन गर्न पाउने छन् ।
निषेध गरेका गतिविधिहरू
१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।
२. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवयास सञ्चालन गर्न ।
३. अत्यावस्यक सामग्री लगायताका मालबाह डुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रयोग गर्न ।
४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाह सवारीासाधन सञ्चालन गर्न ।
५. कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यलयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०: ३० र बेलुकी ३ बजेदेखि ५:३० सम्म अवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न ।
६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्नै भनी तोकिएका अत्यावश्यकीय बस्तु तथा सेवा अन्तर्गत पर्नै, औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार भन्सार क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।
७. कुनै पनि मेला, महोत्सव जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न ।
८. परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा वाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चलन तथा जमघट गर्न ।
९. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न ।
१०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न ।
११. फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चलन हुने विभिन्न व्यावसाय सञ्चालन तथा कवाडी संकलन गर्न ।
१२. होटल, रेष्टुरा सञ्चालन गर्न ।
तर,
१३. बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विधुतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्युनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी मावश्यक सेवा प्रवाह गर्नुपर्नेछ ।
१४. अत्यावश्यक कार्यकालागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ ।
१५. हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ ।
साथै,
१६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्तिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानूनबमोजिम कारबाही हुनेछ ।
१७. यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ ।
प्रतिक्रिया दिनुहोस्