जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार २२:३६

राष्ट्रकवि घिमिरेको बुधबार १० बजे अन्तिम संस्कार गरिने


काठमाडौं, भदौ २

राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबार विहान अन्तिम संस्कार गरिने भएको छ । सरकारले उहालाई राष्ट्रिय सम्मान प्रदान गर्ने भएपछि बुधबार विहान मात्रै अन्तिम संस्कार गरिन लागेको परिवारस्रोतले जानकारी दिएको छ ।

उहाको पार्थिव शरिरलाई अहिले उहाकै निवास कपुरधारामा राखिएको छ । यसैबीच, सरकारले उहालाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ । स्रोतका अनुसार भोली विहान बस्ने मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्ने भएको छ । त्यसपछि भोली नै विहान पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको हो ।

परिवारजनका अनुसार उहाको शवलाई अन्तिम श्रद्धान्जलीका लागि समेत नराखिने भएको छ । घरमा आउनेले भिडभाड नगरी अन्तिम श्रद्धान्जली दिन सक्ने बताउदै घरबाट सिधै पशुपति आर्यघाट लगिने भएको हो । कोरोना महामारी फैलिरहेकाले भिडभाड नगर्न पनि परिवारले सबैप्रति आग्रह गरेको छ । (तस्विर सौजन्य : गोरखापत्र)