जनता टाइम्स

३ भाद्र २०७७, बुधबार १२:२०

राष्ट्रिय झन्डा जलाउनेविरुद्ध प्रहरीको एक्सन : गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना पक्राउ


काठमाडौं, भदौ ३

राष्ट्रिय झन्डा जलाएर बनाइएको गीतमा संलग्न गायकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङ्गलाई अजा विहान कीर्तिपुरबाट पक्राउ गरेको हो ।

राष्ट्रिय झन्‍डा जलाएको गीतसहितको भिडियो मंगोल ग्याल्ज ली एन्ड एटीएमको शब्द तथा स्वर रहेको र्‍याप मंगोल होप अफिसियल नामक च्यानलमार्फत सार्वजनिक गरिएको थियो । गायकसँगै ९ जना पनि पक्राउ परेका छन् ।

गीत बाहुन–क्षेत्री समुदायलाई गाली गरिएको र्‍यापको भिडियोमा राष्ट्रिय झन्‍डा जलाइएको छ । गीतमा आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छन् । चार मिनेट २७ सेकेन्ड लामो भिडियोमा प्रधानमन्त्रीसहित नेताहरुको तस्बिर जलाइएको छ ।

विष्णु आधारभूत विद्यालय मकवानपुरमा खिचिएको भिडियो जातीय सद्‍भावविरुद्धका टेलिभिजन भाषणबाट सुरु गरिएको छ । बालबालिकादेखि युवासमेत भिडियोमा प्रयोग भएका छन् ।