काठमाडौं, भदौ ३ । निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । आयोगले आज नेकपा एमाले नामक दल दर्ता गरेको हो ।
आयोगमा गत असार १२ गते दल दर्ताका लागि आवेदन परेको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । त्यसयता एमाले अस्तित्वमा थिएन । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । सो पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको आयोगको भनाइ छ । आयोगको अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।
यस्तो छ केन्द्रीय समिति
अध्यक्ष : सन्ध्या तिवारी, मोरङ
उपाध्यक्ष : भगवती खडका, गेलु १ रामेछाप
महासचिव : मनिषकुमार उपाध्याय, जनकपुर नपा २ धनुषा
सचिव
प्रदेश १ : अस्मिता सुनार, रातापानी ३ खोटाङ
प्रदेश २ : दावा लामा, सामापुर १ सर्लाही
बागमति : जयराम राउत, सखुवा ४ रौतहट
गण्डकी : खग्न्द्रप्रसाद भुसाल, उरामपोखरा ५ पर्वत
प्रदेश ५ : राधा पुरी, केरुङ ५ अर्घाखाँची
कर्णाली : हिराबहादुर बोहोरा, पाहाडा ३ डोल्पा
सुदुरपश्चिम : तारादेवी शाही, कापाडतोला बाजुरा
केन्द्रीय सदस्य
पवन बिष्ट, स्यूचाटार, काठमाडौं
निलम पोखरेल, भद्रपुर झापा
किरण लामिछाने, गोठाटार काठमाडौं
उमेश महतो, सर्लाही
उषाकुमारी झा, धनुषा
प्रदीपराज गिरी, गोठाटार, काठमाडौं
पुर्णिमा तामाङ, दाप्चा, काभ्रे
निश्चल बस्नेत, सिरहा
सञ्जीव बिष्ट, काठमाडौं
बिनिता कार्की, भक्तपुर
बिमला बिष्ट रोका, स्यूचाटार काठमाडौं ।
प्रतिक्रिया दिनुहोस्