जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १०:५३

बुद्ध एयरले आज देखी कोलकत्ता उडान गर्दै


काठमाडौँ, जेठ १३

बुद्ध एयरले सोमबारदेखि काठमाडौँबाट भारतको कोलकत्ता सिधा उडान गर्दैछ । भारतको बनारसमा पनि बुद्धले सातामा दुई उडान भर्दै आएको छ ।

२२ वर्षअघि स्थापना भएको एयरलाइन्सले अर्को गन्तव्यका आसाममाको राजधानी गुवाहाटीमा पनि उडान थाल्ने घोषणा गरेको छ ।

बुद्धले ७० सिट क्षमताको एटीआर–७२ विमानबाट रुटमा सातामा तीनवटा उडान गर्दै छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कोलकत्तास्थित नेताजी सुवाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान अवधि डेढ घन्टाको हुनेछ ।

बुद्धले यस रुटको दुईतर्फी भाडा २२ हजार हाराहारी तय गरेको छ । ७० सिट क्षमताको एटीआरले एकतर्फी उडानमा ६५ यात्रुसम्म बोक्ने छ ।