काठमाडौं, भदौं ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र र पुष्पकमल दाहा, प्रचण्डले गठन गर्नुभएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।
अध्यक्षदेवय ओली र प्रचण्डले पार्टीभित्रको बिवाद समाधानका लागि सुझाव दिन साउन ३० गते महासचिव बिष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले एक सातामै सर्वसम्मत रुपमा प्रतिवेदन तयार गरी अध्यक्षद्वयलाई बुझाएको हो । नेकपाका प्रचार बिभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार कार्यदलले आज ४ ः ४५ बजे आफ्नो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डलाई बुझाएको छ ।
प्रतिवेदनमा नेकपाभित्र देखिएको सवै बिवादको समाधानका लागि सुझाव दिइएको छ । अध्यक्षद्वयको कार्यबिभाजन गर्दै पार्टी र सरकार एकअर्काबीच समन्वय र सुझावका आधारमा अघि बढाउने किटानी ब्यवस्था कार्यदलको प्रतिवेदनले गरेको छ । नेकपाभित्र पार्टी नै बिभाजनको षडयन्त्रसहित खेलहरु हन थालेपछि अध्यक्षद्वय ओली र प्चण्डले आफुहरुबीच भएको सहमतिको परिभाषासहित बिवाद समाधानको सूत्र पहिल्याएर सुझाव दिन कार्यदल गठन गर्नुभएको थियो ।
सो कार्यदल गठनसँगै नेकपाभित्र पार्टी बिभाजनको खेल रोकिएको हो । कार्यदलले एकता महाधिवेशनअघि पार्टीले गर्नुपर्ने सवै कामसहितको रोडम्यापसमेत तय गरेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल संयोजक तथा स्थायी कमिटीका नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्