जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १०:५९

धुर्मुसको सहयोग अपिलपछि कुलमानले गरे फोन


चितवन

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लागिरहेका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गर्नुभएको छ । केही महिना पहिलादेखी देशविदेशबाट सहयोग जुटाएर धुर्मुसले रंगशाला निर्माणको काम तिव्र गतिमा अगाडी बढाईरहनु भएको छ ।

काम गर्ने शिलसिलामा बिजुलीले गर्दा पटक पटक समस्या भईरहेको छ । जसका कारण धुमुर्सले कुलमानसँग सहयोग माग गर्नुभएको हो । सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू समस्या समाधानको लागि तयार रहेको बताउनुभएको छ ।

उहाँले क्रिकेट रंगशाला आसपासको बिजुलीको भोल्टेज बढाएर रंगशाला निर्माणलाई सहज गरिदिन पहल पनि सुरु गर्नुभएको छ । घिसिङले धुर्मुसकै सामुन्ने चितवनका भार प्रेषण शाखाका प्रमुख सुरेश महतोलाई फोन गरेर समस्या समाधानको लागि निर्देशन पनि दिनुभएको छ ।