जनता टाइम्स

७ भाद्र २०७७, आईतवार ०९:२६

सातमध्ये चार ओटा प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन सूचित


काठमाडौं, भदौ ७ । मौसुम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको जनाएकोे छ ।

‘प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाको सूचनामा भनिएको छ ।