जनता टाइम्स

७ भाद्र २०७७, आईतवार १५:१४

२१ किलो ८६० ग्राम गाँजासहित एक पक्राउ


प्युठान, भदौ ७

प्युठानमा अवैधरुपमा लुकाईछिपाई राखेको गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्यूठान सरुमारानी गाउँपालिका–३ कासकोटका ६२ वर्षीय तोमे बहादुर सामतलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा लुकाइछिपाई अवैधरुपमा राखिएको २१ किलो ८६० ग्राम गाजाँसहित शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । पक्राउ परेका समतमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।