काठमाडौं, भदौ ८
आईतबार तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ९ सयमा झरेको छ । हिजो र आज दिनदिनै सुन चाँदीको भाउ घटेको हो । तेजावी सुनको मूल्य पनि प्रति तोला ५ सयले नै घटेर ९७ हजार ४ सय रुपैयाँमा आईपुगेको छ ।
आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ९३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार ५०५ र र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३२ रुपैयाँ कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्