काठमाडौं, भदौ ९
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कार्यदलको प्रतिवेदनमाथी छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा कार्यदलले दिएका सुझावमाथी छलफल भईरहेको छ ।
भेटवार्ताको एकमात्र कार्यसूची कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल रहेको छ । कार्यदलले दिएको सुझावमा दुवै अध्यक्ष सहमत भए वा केही परिमार्जन गरेर सहमति जनाएपछि सचिवालय बैठक बोलाउने तयारी छ । आजको छलफलमा दुई अध्यक्षबीच सहमति भए केही दिनभित्रै सचिवालय बैठक बोलाइने सम्भावना रहेको छ ।
पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वको कार्यदलले शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । त्यसलाई दुई अध्यक्षले आवश्यकताअनुसार परिमार्जन गरेर प्रस्तावको रूपमा सचिवालयमा लैजाने, सचिवालयले अनुमोदन गरेपछि स्थायी कमिटीमा पेस गर्ने कार्यसूची रहेको छ । स्थायी कमिटीको बैठक गत साउन १८ गतेदेखि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्