जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार १२:१६

नेकपाको सचिवालय बैठक भदौ १३ गते आव्हान


काठमाडौं, भदौ ९

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले सचिवालय बैठक आव्हान गर्नुभएको छ । भदौ १३ गते शनिवार सचिवालय बैठक आव्हान गर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति बनेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको अध्यक्षद्वयको छलफलमा सचिवालय बैठक भदौ १३ गते बस्‍ने सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । ‘पार्टीका दुई अध्यक्षबीचको दुई घण्टा लामो छलफल सकिएको छ’, उहाले भन्नुभयो, ‘भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको छ ।’

सल्लाहकार थापाका अनुसार सो बैठकको एजेन्डा कार्यदलले बुझाएको प्रतिवेदनमाथी छलफल हुने रहेको छ । ओली र प्रचण्डबीचको छलफलमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएपछि त्यसलाई अनुमोदनका लागि सचिवालय बैठकमा लगिन लागेको हो । सचिवालय बैठकबाट पारित गरेर स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ ।