काठमाडौं, भदौ १० । संघीय राजधानी काठमाडौं उपत्यकामा भोलिसम्मका लागि लगाइएको निषेधाज्ञा थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्म लगाइएको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढेको कारण नागरिकको सुरक्षाका लागि बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णयको सिफारिस गृह मन्त्रालयमा पठाएको छ । सरकारले यसअघि नै निषेधाज्ञालगायत आवश्यक सुरक्षाको कदम चाल्न स्थानीय प्रशासन र स्थानीय सरकारलाई जिम्मेवारी दिइसकेको छ । सोही अनुसार उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय प्रमुखहरुको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरी गृह मन्त्रालयलाई सिफारिश गरेको हो ।
उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ
उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः काठमाडौंका जनकराज दाहाल, भक्तपुरकी हुमकला पाण्डे र ललितपुरका नारायण भट्टसहित सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरू उक्त बैठकमा सहभागी हुनुहुन्थ्यो ।
उपत्यकामा निषेधाज्ञा जारी भएपछि पनि संक्रमितको संख्यामा कमी नआएपछि थप एक साता लम्ब्याउने निर्णयमा प्रशासन पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्