काठमाडौं, भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीका बिदेश मामिला सल्लाहकार तथा नेकपाका नेता डा. राजन भट्टराईले छिमेकी मुलुकप्रति जोडेर तयार पारिएको फेक समाचारप्रति कडा प्रतिवाद गर्नुभएको छ ।
नेकपाका बौद्धिक नेताका रुपमा समेत परिचित बिदेश मामिला बिज्ञ भट्टराईले आफूबिरुद्ध नियोजित रुपमा तयार पारिएको फेक समाचार पुष्टि गर्न सार्वजनिक चुनौतीसमेत दिनुभएको छ । नेता भट्टराईबिरुद्ध नेपालमा रहेका भारतीय दुतावासका हण्डिवालाहरुको योजनामा भारतीय एक मिडियाले फेक समाचार बनाएको थियो । भारतीय मिडियामा आएको समाचारलाई पच्छ्याएर नेपालका केही अनलाइनहरुले भट्टराईको विषयमा अतिरञ्जित प्रचार गरेका थिए ।
भट्टराईले सो समाचारमा कुनै सत्यता नरहेको भन्दै कडा प्रतिवाद गर्नुभयो । ‘त्यो समाचारमा कुनै सत्यता छैन । मैले राज्यको जिम्मेवारी लिइरहँदा जिम्मेवारीको मर्यादा र सीमालाई उल्लंघन गरेर देश र जनतालाई आघात पार्ने काम गरेको छैन । इपीजीको जिम्मेवारी लिएको बेला त्यसले निर्धारण गरेको आचारसंहिता र नियमलाई उल्लंघन हुने काम भएको छैन । दुष्प्रचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु,’ भट्टराईले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्